दाङमा एक व्यक्तिको वि’भत्स ह’त्या, तीन जना पक्राउ

दाङ, १० माघ। दाङमा घरभित्रै एक व्यक्तिको विभ’त्स ह’त्या भएको छ । जिल्लाको राप्ती गाउँपालिका वडा नं. ६ पथ्थरगढवाका ४० वर्षीय मोतिलाल चौधरीको माघ ७ गते मध्यराति वि’भत्स ह’त्या भएको हो । ह’त्याको आरो’पमा प्रहरीले ३ जना व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा राप्ती गाउँपालिका ६ निवासी ३३ वर्षीय मोतिराम चौधरी, उनका ठूला बुवा र काकाका छोराहरु ४८ वर्षीय मनिराम र ३८ वर्षीय धनबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले आ’रोपी तीनै जनालाई बिहीवार मध्यरातमा उनीहरुकै निवासबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी चन्दका अनुसार मोतिरामलाई घरभित्रै घुसेर ला’ठी र दाउराको चि’र्पटले प्र’हार गर मकै बारीमा लखटी–लखटी विभ’त्स ह’त्या गरि घिसार्दै लगेर कुलोमा शव फालेको अनु’सन्धानबाट खुल्न आएको बताए।

ह’त्या गरिएका मोतिराम आफ्नो सानो झिंगटीले बारेको घरमा एक्लै बस्दै आएका थिए । उनले हालसम्म बिबाह गरेका थिएनन् भने उनकी आमा उनी नाबालक छँदा नै बितेको र बाबुपनि बेपत्ता भएका थिए । मोतिराम सानैदेखि माउली घरमा बसेर हुर्केको भन्ने कुरा अनु’सन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरूमाथि ज्या’नसम्बन्धी मु’द्दामा अनु’सन्धान भइरहेको र थप अनुसन्धानका लागि शुक्रवार १० दिनको म्याद थप भएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्