कात्तिक लागेपछि मात्र दसैंको टिकट बुकिङ सुरु गरिने

काठमाडौं, १० असोज । यातायात व्यवसायीले कात्तिक लागेपछि मात्र लामो तथा मध्यम दूरीका लागि दसैंको टिकट बुकिङ सुरु गर्ने भएका छन् । कोरोनाका कारण लामो समय बन्द रहेका कारण अधिकांश मानिसले काठमाडौं छोडिसकेकाले अहिले नै हतार गर्नु नपर्ने व्यवसायीहरुले जनाएका छन् ।

शिक्षण संस्थाहरु समेत बन्द रहेको अवस्थामा विद्यार्थी तथा यात्रुको चाप अघिल्ला वर्षहरुमा जस्तो नहुने भन्दै ढिलोगरी टिकट बुकिङ खुलाएपनि सम्भव हुने नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ ।

दसैंका लागि भने पूर्ण सिट क्षमतामा बस संचालन गर्न पाउनुपर्ने व्यवसायीहरुको माग छ । आधा क्षमतामा मात्र सवारीसाधन सञ्चालन गर्दा यात्रुको चाप बढ्ने भन्दै महासंघले पूर्ण सिट क्षमतामै बस सञ्चालन गर्न पाउनुपर्ने बताउँदै आएको छ ।

व्यवसायीहरुले सरकारले हवाई उडानलाई पूर्ण सिट क्षमतामा संचालन गर्न दिएपछि बसलाई रोक्नु न्यायसंगत नभएको जनाएका छन । चाडपर्वमा सार्वजनिक यातायात सञ्चालनका लागि यातायात व्यवस्था विभागले भोलीका लागि बैठक बोलाएको छ । अग्रिम टिकट बुकिङ, कोरोना महामारीबाट सुरक्षित हुन अपनाइने मापदण्ड लगायतका बारेमा छलफल गर्ने विभागले जनाएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्