थप ९२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ०१ भदाै। पर्सामा आज थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालको सर्वाधिक धेरै जनामा संक्रमण हुने जिल्लाका रुपमा रहेको पर्सामा अवस्था भयाभह बनिरहेका बेला पोखरिया नगरपालिकाका मेयर दीपनारायणप्रसाद रौनियारसहित पर्सामा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमित ९२ मध्ये ३८ जना वीरगन्ज महानगरपालिकाका हुन् । विभिन्न पालिकाको क्वारेन्टाइनमा रहेका तथा कन्ट्याक्ट ट्रेसिङको आधारमा साउन २७ मा ११ सयभन्दा बढी स्वाब नमुना जाँचिएकोमा उक्त नजिता आएको हो ।

स्वास्थ्य निरीक्षक जयमोद ठाकुरका अनुसार आइतबार बेलुकीसम्म प्राप्त रिपोर्टअनुसार पोखरियाका ३३ जनामा कोरोना पुष्टि भएको छ । साउनमा मात्र जिल्लामा १ हजार १ सय ५४ जना कोरोना संक्रमित थपिएको ठाकुरले बताए ।

त्यस्तै चितवनमा ११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । गएराती भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा मकवानपुरका एक जना र चितवनका १० जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका अनुसार कोरोना संक्रमित हुनेहरुमा भरतपुरका ४ महिला र ३ पुरुष हुन् । उनीहरु १५ देखि ४१ वर्ष उमेर समूहका रहेका छन् । त्यस्तै पूर्वीचितवन राप्ती नगरपालिका–२ र ९ का २ जना बालिका र एक महिला रहेका छन् । पछिल्लो समय काठमाडौँ उपत्यका लगायतका शहरमा तिब्र गतिमा कोरोना संक्रलमण भइरहेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्