तीनजना चिनियाँ नागरिक अमेरिकामा पक्राउ

तीनजना चिनियाँ नागरिक अमेरिकामा पक्राउ परेका छन् । अमेरिकामै बसी गोप्य रूपमा चिनियाँ सेनाको लागि काम गरेर सघाएको आरोपमा उनीहरूलाई पक्राउ गरेको समाचारमा जनाइएको छ । त्यस्तै सान फ्रान्सिस्कोस्थित चिनियाँ महावाणिज्य दूतावासमा काम गर्ने अर्का एक व्यक्तिलाई पनि पक्राउ गर्ने अमेरिकाको तयारी रहेको छ ।

न्याय विभागका अनुसार गिरफ्तार गरिएका चिनियाँ नागरिकले आफूहरूले चिनियाँ सेनाका लागि काम नगरेको दाबी गरेका छन् । अमेरिकी संस्था एफबीआईले अमेरिकाका २५ शहरका कैयौं मानिससँग सोधी खोजी गर्दा अधिकांशले चिनियाँ सेनासँग पक्राउ परेका व्यक्तिहरूको ‘अघोषित सम्बन्ध’ रहेको बताएका थिए । – बीबीसी

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *