तपाईंको आज : २०७७ साउन १८ आइतवारको राशिफल

२०७७ साउन १८ आइतवार
Aug 02, 2020
चतुर्दशी
अन्तर्राष्ट्रिय मित्रता दिवस

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रसरङ्गको चाहना पूर्ण हुने योग छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । सुरुमा घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । रमणीय र सुखद यात्राको योग छ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
राजनीति तथा समाजसेवामा जनताको काम समयमा गर्न नसक्दा आलोचनाको शिकार हुनुपर्नेछ । कषि तथा पशुपालन व्यावसायमा लागनी बढाई मनग्गे लाभ लिन सकिनेछ । पढाइ लेखाइमा समय दिन नसकिने हुदा अरुभन्दा पछि परिनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउँने तथा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । स्वास्थ्य सबल रहने छ । भोगविलासमा मन जानेछ । सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुने छ । । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । तपाईंले गर्न लागेको काममा सबैले साथ दिनेछन् र साँझमा दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सामाजिक काम गरी नाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेकोछ । पढन पाढनमा मन जाने हुनाले स्कूल तथा कलेजमा तपार्ईँको नाम अग्र स्थानमा आउँनेछ । शुभ समाचारले मनमा थप उत्साह जगाउँनेछ भने नयाँ काम थालनी गर्दा भविश्यमा मनग्गे धन लाभ हुनेछ । प्रेममा रमाउन चाहने हरुले भरपुर रमाईलो गर्न सक्नेछन् ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन्, सहयोगीहरूले राम्रो साथ दिनेछन् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्न सक्छन् । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ । साथीभाइसँगको सम्बन्ध आत्मीय बन्नेछ । हाँकेको÷ताकेको काममा आफन्तहरूले राम्रो सहयोग र सद्भाव प्रदान गर्नेछन् ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पढाइ लेखाइमा सफलता पाउँन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यमा केहि खरावी हुन सक्छ ख्याल गर्नुहोला । माया प्रेममा नजिक भई मनका भावना साटासाट गर्न सकिनेछ । तरपनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला । दाजुभाई तथा छिमेकिको साथ नपाइने हुँदा मन खिन्न रहनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मन उत्ताउलो, भावुक र चञ्चल बन्नसक्छ । आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै मिहिनेत गर्नुपर्ला । काममा खुट््टा तान्नेहरु सक्रिय रहनेछन् । पढाइ लेखाइमा अल्छी गर्नाले अरुभन्दा पछि परिनेछ । मायाप्रेममा अविस्वास बढ्नेछ । बुवा वा बुवासरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट पनि राम्रै लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कामका सवालमा उठ्ने गोप्य कुराहरु बाहीर आउँन सक्ने हुनाले सजक रहनु पर्नेछ । श्वासप्रश्वास तथा छाती सम्वन्धी समस्याले सताउँने हुदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदी बहिनीसँग मनमुटाव बढ्ने योग रहेकोछ । सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला,दिन मध्ययम रहेकोछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
पारिवारिक समस्याहरू हल हुनेछन् । आँटेका कामहरू पनि सजिलै बन्नेछन् । समुदायको हितमा राम्रै काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । कीर्तिमानी काम गर्ने समय छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नुपर्नेछ । विलासी जीवन जीउन खोज्दा पढाइ लेखाइ तथा खोज अनुशन्धानको क्षेत्रमा कमजोर उपस्थिति रहनेछ । जीवन साथिसँग मनमुटाब बढ्ने हुनाले दैनिक कामगर्न मन जानेछैन । ऋण लाग्ने तथा संकटको सामना गर्नुपर्नेछ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्