२०७७ माघ २१ बुधवार, षष्ठी – 03 Feb 2021
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ। अचल धनको उपयोगबाट सामान्य फाइदा उठाउन सकिनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। आफ्नो रकम अरुले प्रयोग गर्लान्। आम्दानी सुरक्षामा समस्या पर्न सक्छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँकार्य आरम्भ गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ भने व्यापार व्यावसायमा थोरै समय दिदा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । खोज तथा अनुशन्धानमा सकारात्मक नतिजा हात लगाउँन सकिने हुनाले शरिरका थप उर्जा पैदा हुनेछ । प्रणय सम्बन्धमा आत्मियताको विकास हुनेछ भने घर परिवारमा सबैसँग सौहार्दपुर्ण सम्वन्ध स्थापना गर्न सकिनेछ । धर्म कर्ममा समय दिन सकिने हुनाले मन शान्त रहनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
सोचे जस्तो कहि कतै हुने छैन । अर्थ अभावको कारण योजना अगाडि बढाउन गाह्रो हुनेछ । अपरान्हबाट समयमा सामान्य सुधार आउनेछ । विना मेहनत फलको आश नगर्नु होला । परिश्रम अनुसारको फल भने पाईनेछ । सुरक्षित विधि अप्नाएर ऋण लगानी गर्नु होला । अरुको भर परेर काम नगर्नु होला ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थ्य कमजोर रहनेछ र प्रतिकूल परिस्थितिसँग जुध्नुपर्ने हुन सक्छ। अशक्त अवस्थामा व्यस्तता बढ्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। शुभचिन्तकहरूले काममा साथ दिनेछन्। तर, सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। शुभचिन्तकहरूको सहयोगले काम बन्नेछ। आम्दानी भए पनि परिस्थिति खर्चिलो रहनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
काममा अनयासै हस्तक्षेप गर्नेहरुलाई किनारा लगाउदै अगाडि बढ्न सकिनेछ । अदालती निर्णयहरु तपार्ईँकै पक्षमा आउनेछन् भने विवादित विषयहरु आफ्नै पक्षमा फैसला गराउन सकिनेछ । अध्ययनमा प्रगति भई भनेजस्तो नतिजा हात लगाउन सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका स्रोतहरु फराकिला हुदै जानेछन् ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मध्यान्ह सम्म समय कमजोर देखिन्छ । नयाँ काममा हात नहाल्नु होला । अपरान्ह देखि काममा सुधार आउनेछ । निर्णय क्षमता बढ्नेछ । आफ्नै पहलमा रोकिएका काम अगाडि बढ्ने छन् । इष्टमित्र साथी भाईको सहयोग मिल्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । आर्थिक समस्या समाधान भएर जानेछन् ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
श्रम परे पनि सुखद् समाचारले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन् र दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अदालती तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् । दाजुभाई तथा आफन्तको सहयोगमा व्यापारमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमको डोरो कसिएर जानेछ भने जीवन साथीको सम्बन्ध थप प्रगाड भएर जानेछ । छोटो तथा रमाईलो यात्राको सम्भावना भएपनि यात्राका क्रममा ध्यान दिनु जरुरी छ । पढाइ लेखाइमा सुधार गर्न सकिने तथा नतिजा हात पार्न सकिनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
समयमा गरेका काम सफल हुनेछन् । अपरान्हबाट समयले कम साथ दिनेछ । मनमा गलत विचार बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । बन्न लागेका काम विग्रिन सक्छन् सर्तक रहनु होला । शारीरिक दुर्वलता बढ्नेछ । लेनदेन कारोवार विग्रिन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन् । अतिथि खर्च बढ्नेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अध्ययनमा विशेष प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
कमाउन सक्नेछन् । अन्य क्रियाकलापमा ध्यान जादा पढाइ लेखाइ अधुरै रहनेछ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्वन्धी समस्या आउन सक्छ । काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिुर्नपर्ने हुनसक्छ । आकस्मिक रुपमा खर्च बढ्ने योग रहेकोछ भने अरुको भर पर्दा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मध्यान्ह सम्मको समय बढि प्रतिकुल देखिन्छ । आर्थिक कारोवारमा बढि ध्यान दिनु होला । अपरान्हबाट समयमा सामान्य सुधार आउनेछ । गलत विचार मनबाट हट्नेछ । स्वास्थ्यम सुधार आउनेछ । यात्राको सम्भावना देखिन्छ । धार्मिक विश्वास बढ्नेछ । उपकारी काम हुनेछन् । आफन्तबाट सामान्य सहयोग पाईनेछ ।