सरकारसँग ८ बुँदे सहमति भएपछि डा. गोविन्द केसीले तोडे २७ दिन लामो अनसन

काठमाडौं, २५ असोज । सरकारसँग ८ बुँदे सहमति भएपछि डा. गोविन्द केसीले आइतवार २७ दिन लामो अनसन तोडेका छन् । शिक्षा सचिव गोपीनाथ मैनाली संयोजकत्वको सरकारी वार्ता टोलीसँग शनिवार मध्य रातमा सहमति भएको थियो । त्रिवि शिक्षण अस्पतालमा रहेका डा. केसीले सफाइ मजदुरबाट जुस पिएर अनसन तोडेका हुन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै भदौ २९ गते जुम्ला पुगेर अनसन शुरु गरेका केसीलाई जुम्लाबाट काठमाडौं ल्याइएको थियो ।

सरकार र डा. केसी बीच सरकारी मेडिकल कलेज तथा स्वासथ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने, कोभिड १९ को उचित व्यवस्थापनका लागि पीसीआर परीक्षणको विस्तार गर्ने, अन्य विरामीको उपचारका लागि सरकारी अस्पतालहरुको क्षमता विस्तार गर्ने, बयंलपाटा अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्न बजेटको व्यवस्था गर्ने लगायतका विषयमा सहमति भएको छ ।

त्यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तीका लागि मापदण्ड निर्धारण समिति तथा कार्यदलले दिएको सुझाव अनुरुप पदाधिकारी नियुक्त गर्ने व्यवस्था मिलाउने विषयमा समेत सहमति भएको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ संशोधन गर्ने सम्बन्धमा सरकार र डा. केसी बीच २०७५ साल साउन १० गते भएको सम्झौताको कार्यान्वयन गर्ने, स्नातकोत्तर तहको सिट विभाजन सम्बन्धमा चिकित्सा शिक्षा आयोगको परामर्शमा वैधानिक एवं न्यायोचित अनुपात कायम हुने गरी पुनरावलोकन गर्ने सम्बन्धमा पनि सहमति भएको छ ।

डा. गोविन्द केसी

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्