ट्रकले बसलाई ठक्कर दिँदा एक जनाको मृत्यु

मकवानपुर, २८ कत्तिक । शुक्रबार बिहान मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानी स्थित सडकमा ट्रकले बसलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसमा सवार सर्लाही चक्रघटा गाउँपालिका स्थित बेलहीका ४० वर्षीय राज किशोर राय रहेका छन् ।

हेटौंडाबाट चितवन तर्फ आउँदै गरेको ना.२ ख ७५३८ नम्बरको ट्रकले काठमाडौं बाट सर्लाही तर्फ जाँदै गरेको ना.६ ख १०८५ नम्बरको बसलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी राय गम्भीर घाइते भएका थिए । उनको हेटौंडा स्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो प्रहरीले जनाएको छ । दुवै सवारी साधन र ठक्कर दिने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै यता, गएराति गुल्मीमा जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन् । जिल्लाको गुल्मीदरवार गाउँपालिका वडा नम्बर २, फोक्सीबासमा लु१च ४७११ नम्बरको जीप दुर्घटना हुँदा चालक २४ वर्षीय मेखबहादुर गाहको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले चालक गाहको मृत्यु हुनुका साथै अन्य ७ जना घाइते भएको जनाएको छ । घाइते मध्ये सोनु गाह र प्रेमबहादुर थापा स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पछि डिस्चार्ज भईसकेका छन् भने घनबहादुर गाह, प्रेमबहादुर पल्ली, श्री राजकोटी, अलिक पाल्पाली र भिमहादुर गाहको लुम्विनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उक्त जीप मजुवा बाट जुभुङ्गको हटिया तर्फ आउँदै गरेको अवस्थामा सडकबाट करिव ३ सय मिटर तल खसेको बताइएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्