काठमाडौं, १८ माघ । कैलालीको घोडाघाडी नगरपालिका–१० मा ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार २२ वर्षीय गोविन्द बुढा र १७ वर्षीय मानबहादुर बुढा छन् ।
प्रहरीका अनुसार शनिबार राति ११ बजे म १ त ५४२ नम्बरको ट्याक्टरको पछाडि बा ९१ प ४०४ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दु’र्घट’नामा ग’म्भीर घा’इते भएका गोविन्द र मानबहादुरको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।