‘टिकटक स्टार’ अनलाईन प्रतिस्पर्धा आयोजना हुने, बिजेतालाई फिल्म खेल्ने अफर

काठमाडौं, ५ कत्तिक । पछिल्लो समय सामाजिक सञ्जाल टिकटक निकै लोकप्रिय बन्दै गइरहेको छ । नेपालमा पनि टिकटकको प्रयोगकर्ता दिन प्रतिदिन बढ्दैछन । टिकटकको लोकप्रियतालाई ध्यान राखेर एच.पी ईन्टरटेन्मेटले ‘टिकटक स्टार’ अनलाईन प्रतिस्पर्धा आयोजना गर्ने भएको छ ।

घरमै बसिबसि देशको विभिन्न स्थानमा रहेका नवप्रतिभाले अनलाइन मार्फत प्रतिस्पर्धामा सहभागिता जनाउन सक्नेछन् । प्रतिभा भएका अवसरवाट बञ्चित प्रतिभालाई लक्षित गरेर ‘टिकटक स्टार’ आयोजना गरिएको आयोजक संस्थाका प्रमुख प्रकाश पाठकले बताए ।

उनले कोरोना भाइरसको डरका कारण अनलाईन माध्यमबाट कार्यक्रम आयोजना गर्न लागीएको समेत जानकारी दिए । प्रतियोगिताका विजेताले फिल्ममा काम गर्ने अवसरका साथै कार, स्कुटरलगायतका अन्य थुप्रै आर्कषक उपहारहरु प्राप्त गर्नेछन् । एच.पी ईन्टरटेन्मेटले केही अगाडि ‘स्क्रिप्ट राइटिङ कम्पिटिसन’ समेत आयोजना गरेको थियो ।

‘टिकटक स्टार’ अनलाईन प्रतिस्पर्धा

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्