अलकत्रा, बालुवा र गिटीले टालटुले काम, १५ दिनमै उस्तै

सर्लाही, २ असोज । सर्लाहीमा पर्ने पूर्वपश्चिम लोकमार्गका विभिन्न स्थानमा परेका खाल्डाका कारण दैनिक दुर्घटना हुँदासमेत सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको ध्यान जान सकेको छैन । स्थानीयवासीले लोकमार्गका खाल्डाको विषयमा पटकपटक सडक डिभिजन कार्यालयलाई जानकारी दिएका छन् तर सडक डिभिजन कार्यालय निर्माणको चरणमा रहेको भन्दै डिभिजन कार्यालय पन्छिने गरेको छ ।

पानी परेपछि हिँड्नै नहुने गरी आहाल हुने गरेको छ भने सडकमै ठूलाठूला खाल्डा भएकाले पैदल यात्रीहरुलाई हिँडडुल गर्न समस्या हुन थालेको छ । सो विषयमा सडक डिभिजन कार्यालयका प्रमुख दरोगा साहलाई पटकपटक गुनासो गर्दासमेत ध्यान नदिएको लालबन्दीका स्थानीय युवा रमेश अधिकारीले बताए ।

केही महिना पहिला सो सडकखण्डमा परेका खाल्डा अलकत्रामा गिटी र बालुवा मिसाएर टाल्ने काम भएको थियो तर पछिल्लो समय आएर सडकको आवस्था जस्ताको तस्तै भएपछि स्थानीयवासीले सरकारी कामप्रतिको चरम लापारवाहीको चर्को विरोध गरेका छन् ।

सो सडकखण्डका विभिन्न स्थानका खाल्डा ज्यानमारा धरापका रूपमा परिणत हुँदै आएका बेला सडक डिभिजन कार्यालयले खाल्डा पुर्न गुणस्तरहीन सामग्री प्रयोग गरेको लालबन्दीका एक स्थानीय युवा लक्ष्मण खड्काले बताए ।

यो पनि पढ्नुहोस् :-
चितवन, २ असोज ।
नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा आज बिहान पहिरो खसेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार चौध किलो र सत्र किलोको पहिरो हटाइसकिएको छ भने केराबारीमा गएको पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोसँगै झरेको लेदोले करिब १०० मिटर सडक ढाकेको उनले जानकारी दिए ।

पहिरो पन्छाउन तीन घण्टासम्म लाग्नसक्ने भट्टको अनुमान छ । पहिरोका कारण सो सडकखण्ड हुँदै चल्ने सवारी साधन बाटोमा रोकिएका छन् । सो सडकमा सोमबार रातिदेखि पटकपटक पहिरो खस्दै आएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *