झापा, ११ पुष । टाटा सुमोले ठक्कर दिँदा आज बिहान झापाको कमल गाउँँपालिका–५ स्थित सडक खण्डमा एकजना साइकल यात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको लभडाँडा सडकखण्डमा आज बिहान ८ बजेतिर पूर्व जाँदै गरेको मे१ज २००४ नंको टाटा सुमोले बाटो काट्दै गरेका साइकल यात्रीलाई ठक्कर दिएको हो ।
मृत्यु हुनेमा कमल–६ बस्ने ५३ वर्षीय झुलानाथ खनाल रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए । उनका अनुसार ठक्करबाट सख्त घाइते भएका खनालको दमक स्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने सुमो र त्यसका चालकलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रनाउ पण्डितले बताए ।