झापाको झिलझिलेमा एक जनाको घाँ’टी रे’टेर ह’त्या

झापा, २० भदौ । झापाको झिलझिलेमा एक जनाको घाँ’टी रे’टेर ह’त्या गरिएको छ । गोमनसिंह मगरको आफ्नै साथीले घाँ’टी रे’टेर ह’त्या गरेको खुलेको छ ।

२८ वर्षीय मगरको गत भदौ १६ गते ह’त्या गरिएको थियो । अ’नुसंधा’नका क्रममा पक्राउ परेका मनकुमार लिम्बुले ह’त्या गरेको स्वीकार गरेका छन् । लिम्बुलाई पक्राउ गरी थप अ’नुसंधा’न भईरहेको प्रहरीले जनाएको छ ।

ह’त्या पछि उनको शब सडक किनारमै फालिएको थियो । दुई जनाबीच लेनदेखको बिषयमा बि’वाद हुँदा ह’त्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए ।

यो पनि पढ्नुहोस् :-

काठमाडौँ, २० भदौ । शनिबार मानव बे’चबि’खन तथा ओसारपसार वि’रुद्धको १४ औँ राष्ट्रिय दिवस मनाइँदैछ । कोरोना भाइरस (कोभिड–१९)को महामारीकै बीचमा पनि मानव बे’चबि’खन र ओसारपसार रोकिन नसकेका बेला दिवस मनाउन लागिएको छ ।

केही दिनअघि नेपाल–भारत सीमा क्षेत्रबाट २९ जना महिला तथा किशोरीको उद्धार गरियो । भारतबाट नेपालमा सामान लिएर आएका कन्टेनरले फर्कंदा दलालका सहायताले नेपालका महिला र बालबालिकालाई बे’चबि’खनका लागि त्यसतर्फ लगिएका घ’टना सार्वजनिक भइरहेका छन् ।

बन्दाबन्दीको समयमा एक पुरुष र दुई जना महिला बे’चबि’खनको आ’रोपमा पक्राउ परेका छन् । त्यस्तै यही बीचमा भारतको दिल्लीबाट छ र मनीपुरबाट २१ सहित २८ जना बे’चबि’खनमा परेका किशोरी सहितको उद्धार गरिएको नेपाल प्रहरीको मानव बे’चबि’खन ब्युरोका प्रमुख डा. देवबहादुर बोहराले जानकारी दिए ।

मानव बे’चबि’खनको क्रमलाई कोरोना महामारी र बन्दाबन्दीले रोक्न नसकेको उहाँ स्वीकार्छन् । पछिल्लो समय कामका लागि विदेश लगिएका महिलासमेत बे’चबि’खनमा पर्ने क्रम बढेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्