ललितपुर, ८ फागुन । ललितपुर बाट प्रहरीले जु’वा खेली रहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ । ललितपुर महानरगरपालिका वडा नम्बर २६ सुनाकोठीमा जु’वा खेलिरहका उनिलाई प्रहरीले नगदसहित नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले शुक्रवार साँझ अजय महर्जनको चार तले घरको दोस्रो तलामा जु’वा खेली रहेको अवस्थामा १७ जना जु’वाडे सँगै ३० लाख ८४ हजार रुपैयाँ समेत बरा’मद गरेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै उनीहरुको साथबाट १९ बुक ता’स, १६ थान कौ’डा, ता’स खेल्दा प्रयोग गर्ने क्यारेमको गोटी ५ थान र १५० थान सिमीको दाना पनि बरा’मद भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले जानकारी दिए । यस विषयमा थप अनु’सन्धा’न भईरहेको प्रहरीले जनाएको छ ।