जुवा खेलिरहँदा प्रहरी पुगेपछी…

दाङ, २० असोज । प्रहरीले तुलसीपुरबाट करिब एक लाख नगद रुपैयाँ सहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा १३ जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका–६ भ्यारथान बस्ने कुमार सुनारको घरमा पैसाको हारजित हुने गरी जुवातास खेलिराखेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले नगद ९८ हजार ९५० रुपैयाँसहित १३ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पक्राउमा जुवा प्रयोग भएको नखोलेको रातो तथा कालो रङ्गको तास ५ गड्डी र खोलेको रातो तथा कालो रंगको तास ३ गड्डी तासहित प्रहरीले तुलसीपुर उपमहानगरपालिका– ६ निवासी २८ बर्षीय रोशन बुढाथोकी, सोही ठाउँ निवासी ४३ बर्षीय भरत विक, २८ बर्षीय हेमन्त शाही, २८ बर्षीय सुशील वली, ४२ बर्षीय रामकुमार सुनार पक्राउ परेका हुन् ।

त्यसैगरी ३३ बर्षीय ओमबहादुर बुढामगर, ३६ बर्षीय प्रेमबहादुर सुनार, ३९ बर्षीय टंकबहादुर सुनार, घोराही उपमहानगरपालिका–१३ बस्ने ३३ बर्षीय मालबहादुर वली, २८ बर्षीया केशव डांगी, २६ बर्षीय अर्जुन पुन, बाँके कोहलपुरका ६० बर्षीय धर्मराज बुढाथोकी र कोहलपुरका ४० बर्षीय दिपक वली रहेको प्रहरीले बताएको छ । उनीहरुलाई जुवा ऐन २०२० अन्‍तर्गत जुवा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै यता सिरहाबाट जुवा खेलिरहेको अवस्थामा ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । मिर्चैया नगरपालिका–६ कटारी चौकस्थित होलिडे होटलमा तास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरु मिर्चैया नगरपालिका–८ बस्ने २१ वर्षीय सियाराम महतो, २२ वर्षीय राजाराम साह, ३५ वर्षीय दिलिप नायक, २५ वर्षीय जितेन्द्र साह, २४ वर्षीय सरोजकुमार चौधरी, गोलबजार नगरपालिका–१ बस्ने ३२ वर्षीय नातिकाजी राई, उदयपुर कटारीका २५ वर्षीय बिशाल सुनार ३४ वर्षीय दानबहादुर राई रहेका छन् ।

गोप्य सूचनाको आधारका इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले ८ जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । जुवा खेलिरहेको अवस्थामा उनीहरुको साथबाट १ लाख ६ हजार २९५ रुपैयाँ र ३ बुक तासको गड्डी समेत बरामद भएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्