जुन शब्द सुन्यो त्यही शब्दले मन छुने गीत (भिडियो सहित)

घरको आर्थिक अवस्था नाजुक भएपछी प्रदेशिएका एक युवक काम गर्ने क्रममा दुर्घ’टनामा परेर अपांग भए । त्यस्पछी उनी आफ्नो अपांग शरीर लिएर घर फर्किए । यता घर फर्किंदा आफ्नी मायालुलाई कसैले बिहेको नाटक गरी लगेर अबै’ध देह ब्यापारको धन्दाका लागी बेचेको हुन्छ । तर उनलाई पनि सामाजिक संस्थाले उद्धार गरी घर सम्म ल्याइदिन्छन । अनी हाम्रो समाजले उक्त युवतीलाई अस्विकार गर्छ । त्यस्पछी दुईजनाको बिचमा आ-आफ्ना दु:ख साटिन्छ ।

यती गहन बिषयलाई मिठा शब्दहरुसंगै गीतमा प्रस्तुत गरे गीतकार नारायण कंडेलले । ‘आफ्नो पन’ गीतको अहिले सर्बत्र चर्चा चलिरहेको छ । कँडेलको शब्दमा सर्जक डा. शिव सुबेदिले मिठो लय सिर्जना गरेका छन । गीतमा सुमधुर स्वरका धनी गायक युवराज आचार्य र पछिल्लो समयकी उदाउँदो गायिका सुनिता बुढाको आवाज रहेको छ ।

भिडियोमा एउटा बिल्कुलै फरक कथालाई उठान गरिएको छ । भिडियोमा कलाकार सनम कठायत र रोशनी कार्की जीवनत अभिनय देख्न सकिन्छ । निर्देशक विनोद भण्डारीले निर्देशन गरेको भिडियोलाई करण चैसीरले क्यामेरामा कैद गरेका हुन । बिकास ज्ञवालीले सम्पादन गरेका गीतको भिडियो शिव सुवेदी युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतको पुरै भिडियो हेर्नका लागी यहाँ क्लिक गर्नुहोस् :-

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्