जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडी, २३ कत्तिक । जीप दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–२ कफलकोटका ३३ वर्षीय वीरबहादुर कुँवर रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । दोगडाकेदार–३ सिल्लेगडाबाट कफलकोटतर्फ गइरहेको ग१ज ५१९२ नम्बरको बोलेरो जीप शनिबार राति ८ बजेतिर हुलाक भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी दोगडाकेदार–३ श्रीकोटका जीपचालक २३ वर्षीय दीपक चन्द घाइते भएका छन् । उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । जीपमा दुई जना मात्रै सवार रहेको बताइएको छ । जीप सडकबाट ४० मिटर तल खसेको प्रहरीले जनाएको छ । जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, पाल्पामा एक बालकको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउँ गाउँपालिका वडा नम्बर १ स्थित कचलमा स्थानीय टीका कुमारी गाहाको ९ वर्षीय छोरा सुरजको करेन्ट लागेर मृत्यु भएको हो ।

घर नजिकै रहेको जंगलमा बाख्रा चराउन जाँदा उनी बिजुलीको पोलमा चढेको र सोही क्रममा करेन्ट लागि घाइते भएको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्