जलेश्वर कारागारमा एक महिला कैदीको मृत्यु

महोत्तरी ०३ साउन। महोत्तरीको जलेश्वर कारागारमा एक महिला कैदीको मृत्यु भएको छ। जलेश्वर कारागार प्रशासनका अनुसार गत दुई सातादेखि बिरामी परेकी खातुनको अवस्था गम्भीर भएपछि गत बिहीबार जलेश्वर जिल्ला अस्पतालमा भर्ना भएकी उक्त महिलाको राति करिब २ बजेतिर उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सर्लाहीको चक्रघट्टा गाउँपालिका– ४ की रेशा खातुन भन्ने नुर जहाँ खातुन कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेकी थिइन। कारागारका जेलर मकसुदन महासेठले दुई हप्तादेखि खातुनलाई टाउको दुख्दै आएको बताए । उनले भने, ‘औषधी प्रयोग गरेपछि अचानक बिहीबार उनको अवस्था नाजुक भयो र अस्पताल भर्ना गरेका हौं ।’

कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेकी सर्लाहीको चक्रघट्टा गाउँपालिका– ४ की रेशा खातुन भन्ने नुर जहाँ खातुनको बिहिबार राति करिब २ बजेतिर मृत्यु भएको हो ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्