जर्मनीमा ६० हजार बढी कोरोना सङ्क्रमितको मृत्यु

जर्मनीमा अहिले सम्म ६० हजार भन्दा बढी कोरोना भाइरस सङ्क्रमित व्यक्तिको मृत्यु भएको रोबर्ट कोच इन्स्टिच्युटले शुक्रबार जानकारी गराएको छ । इन्स्टिच्युटका अनुसार विगत २४ घण्टामा मृत्यु हुने कोभिड सङ्क्रमितको सङ्ख्या ८५५ रहेको र अहिले सम्म कूल ६० हजार ५९७ व्यक्तिले महामारीबाट ज्यान गुमाएका हुन् ।

उक्त अवधिमा जर्मनीमा सङ्क्रमितको सङ्ख्या १२ हजार ९०८ रहेको छ भने अहिले सम्म कोभिड सङ्क्रमित भएका विरामीको सङ्ख्या २२ लाख ६४ हजार ९०९ पुगेको छ । जर्मनीमा महामारी सुरू भएपछि अहिले सम्म २० लाख व्यक्ति कोभिड–१९ सङ्क्रमण मुक्त भएका छन् ।

विश्व स्वास्थ्य संगठनले गत वर्षको मार्च ११ मा कोभिड–१९ को सङ्क्रमणले विश्वव्यापी महामारीको रूप लिएको घोषणा गरेको थियो । अहिले सम्म विश्वभर १० करोड ४० लाख ८० हजार व्यक्ति सङ्क्रमित भइसकेका छन् भने विश्वभर २२ लाख ८० हजार सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । -एजेन्सी

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्