जब आफ्नै श्रीमानले ‘मानसिक समस्या’ भन्दै १८ महिनासम्म श्रीमतीलाई ट्वाइलेटमा थुने…

जब महिला हिं’साको कुरा आउँछ, तब भारतका सर्वाधिक खराब तीन राज्यमा हरियाणाको नाम पर्छ । भारतको राष्ट्रिय अ’परा’ध तथ्याङ्क ब्युरो (एसिआरबी) को तथ्याङ्कले यस्तै भन्छ । २०१९ को सरकारी आँकडा अनुसार यस राज्यमा प्रति १ लाख जनसंख्यामा १ सय ८ दशमलव ५ को दरले महिला विरुद्धको अ’परा’ध घटेको थियो । आसाम र राजस्थान पनि महिला हिं’साका कारण ब’दना’म छन् ।

हरियाणामा महिला हिं’साको द’र्दना’क उदाहरण बुधबार फेला परेको छ । ३५ वर्षीया एक भारतीय गृहिणीलाई उनका श्रीमानले १ वर्ष ६ महिना भन्दा लामो समय देखि ट्वाइटलेटमा थुनेर या’तना दिएका रहेछन् । यी महिलालाई बुधबार प्रहरीले उद्धार गर्‍यो ।

श्रीमानले आफ्नी श्रीमती मानसिक रुपमा अस्थिर रहेको दाबी गरेका छन् । यद्यपी उद्धार कर्ताहरुले यसलाई अस्विकार गरेका छन । यी महिलाका श्रीमान नरेशले धेरै पटक डाक्टरलाई देखाउँदा पनि स्वास्थमा सुधार नआउपछि कठोर कदम चाल्न बाध्य भएको बयान प्रहरीमा दिएका छन् ।

बयान अनुसार उनले दिएका कुनै पनि निर्देशनहरु श्रीमतीले मान्ने गर्दिनन् । सोनाली प्रहरी चौकीका प्रमुख सुरेन्द्रर दहियाले घरेलु हिं’सा अन्तर्गत मु’द्दा दर्ता गरिएको बताए । यो जोडी १७ वर्ष अघि विवाह बन्धनमा बाँधिएको थियो । उनीहरुका तीन छोराछोरी पनि छन् । एजेन्सी

ट्वाइलेट

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्