जग्गा हेर्ने निहुँमा कु’टपि’ट गरी मान्छे मा’र्ने तीनजना पक्राउ

काठमाडौँ, २७ असोज । जग्गा हेर्ने बहानामा कु’टपि’ट गरी चाँगुनारायण–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्र लामा वाईवाको ह’त्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३७ वर्षीय कामी शेर्पा, सिन्धुपाल्चोककै २८ वर्षीय रमेश तामाङ र ३० वर्षीय प्रेम तामाङ रहेका छन् । उनीहरुलाई बौद्धबाट पक्राउ गरेको महानगरीय अ’परा’ध महाशाखाले जनाएको छ ।

गत २१ असोजमा भक्तपुरको चाँगुनारायणमा जग्गा खोज्दै गएका तीनजनाको कुटपिटबाट स्थानीय व्यापारी समेत रहेका वाईवाको अर्कोदिन ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । नि’र्घा’त कु’टेर बे’होस बनाएपछि वाईवाले हातमा लगाएको दुइतोला सुनको ब्रासलेट, दुईवटा मोवाइल र १ तोलाको सुनको सिक्री लिएर उनीहरु फरार भएका थिए । फरार उनीहरुलाई महाशाखाले ७ दिनपछि पक्राउ गरेको हो ।

ह’त्याको मुख्य योजनाकार कामी शेर्पा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार वाईवालाई मुख्यगरी कु’टपि’ट गर्ने रमेश तामाङ हुन् । प्रेम तामाङले वाईवालाई समात्न सहयोग गरेका थिए । महाशाखाले उनीहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । उनीहरुको काम नै जग्गा हेर्ने निहुँमा लु’टपा’ट गर्ने खुलेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्