गुल्मी, १९ असोज । गुल्मीको इस्मामा छोराको आ’क्रमणबाट बाबुको ज्यान गएको छ । इस्मा गाउँपालिका वडा नम्बर ४ दोहली बाझ टोलका ६० वर्षीय दिलबहादुर बस्नेतलाई उनकै छोरा अनिल बस्नेतले धा’रिलो ह’तियारले आ’क्रमण गर्दा ज्यान गएको हो ।
मरणासन्न अवस्थामा रहेका उनलाई उपचारका लागि पाल्पा पठाइएको र त्यहाँबाट बुटवल पठाउने क्रममा गए राति नै मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ । आइतबार साँझ करिब ७ बजेको समयमा अन्दाजी २५ वर्षीय छोरा अनिलले म’दिरा सेवन गरी वि’वाददका क्रममा बाबुमाथि आ’क्रमण गरेको प्रहरीको भनाइ छ ।
घटना पछि अनिल भने रातिदेखि नै फरार रहेका छन । फरार अनिलको खोजि कार्य भइ रहेको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी केदार राज पन्तले जानकारी दिए ।