बायर्नलाई छैटौँपटक च्याम्पियन्स लिगको उपाधि

जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० गोल अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो ।

स्टाडियो डा लुज रंगशालामा बायर्नलाई उपाधि दिलाउन किङ्ग्सले कोमानले ५९ औँ मिनेटमा गरेको एक मात्र गोल नै खेलमा निर्णायक बनेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा कोमानले निर्णायक गोल गरेका थिए ।

उनले जोसुवा किमिचको पासमा हेड गोल गरेका हुन् । पहिलो हाफमा भने दुबै टोलीले गोलको अवसर खेर फालेका थिए । यस सँगै बायर्नले छैटौं पटक पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।

बायर्नका प्रशिक्षक ह्यान्सी फ्लीकका लागि यो सिजन निकै फलदायी रह्यो । गत नोभेम्बरमा अन्तिम प्रशिक्षकका रुपमा टोलीको नेतृत्व सम्हालेका उनले टोलीलाई च्याम्पियन्स लिगको उपाधि पनि जिताउन सफल भएका छन् ।

यता, पीएसजी भने पहिलो पटक फाइनल पुगेर पनि च्याम्पियन्स लिगको उपाधि जित्न असफल भएको छ । पीएसजीका दुई सुपरस्टार स्ट्राइकर नेयमार र किलियान एम्बाप्पेका लागि खेल निरश रह्यो । उनीहरुले खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकेनन् भने पहिलो हाफमा अवसरहरु पाउँदा पनि उनीहरुलाई म्यान अफ द म्याच म्यानुअल न्युअरले निराश बनाएका थिए ।

पीएसजीले सन् २०१६ को अप्रिल यता ३५ खेलपछि पहिलोपटक युरोपियन प्रतियोगितामा गोल गर्न असफल रह्यो । पहिलो हाफ प्रतिस्पर्धात्मक रहे पनि दोस्रो हाफमा भने बायर्नले खेलमा नियन्त्रण बनाउँदै छैटौँपटक उपाधिमाथि कब्जा जमायो । बायर्नभन्दा रियल म्याड्रिड (१३ पटक) र एसी मिलान (७ पटक) मात्र अघि रहेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्