काठमाडौँको तापक्रम घटेसँगै देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनसमा

काठमाडौं, २२ कत्तिक । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यका सहित देशभर चिसो बढेको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ ।

शुक्रबार काठमाडौँको न्युनतम तापक्रम १० दशमलव २ डिग्री सेल्सियस थियो । आज काठमाडौँ उपत्यकामा यस वर्ष जाडो शुरु भए देखिकै सबै भन्दा कम तापक्रम मापन भएको हो । मौसमविद् प्रतिभा मानन्धरका अनुसार अबको केहीदिन देशभर तापक्रम निरन्तर घट्दै जाने क्रममा रहेको छ ।

“दिउँसो घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको छ”, मौसमविद् मानन्धरले भनिन्, “केही दिन तराईमा पातलो कुइरो लाग्ने र पहाडमा लामो समय पानी नपरेकाले तुवाँलोले दृश्यता कमजोर बनाउनेछ ।”

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहनेछ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम माइनस २ डिग्रीमा झरेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्