चितुवाको आक्र’मणबाट एक बालिका घा’इते

तनहुँ, १८ साउन । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा गएराति चितुवाको आक्र’मणबाट एक बालिका घा’इते भएकी छन् । घा’इते हुनेमा १० वर्षीया अमिषा थापा रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

घरको आँगनमा बसिरहेको बेला चितुवाको आक्र’मणबाट घा’इते भएकी बालिकालाई राति नै उपचारका लागि भरतपुर पठाइएको कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए । उनीको घाँटीमा चोट लागेको छ ।

हजुरबुवा धनबहादुर पन्तको घरमा बसिरहेकी ती बालिका सोही ठाउँको चन्द्रोदय माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत छिन् । “रातिको समयमा घरको आँगनमा बसेका बेला चितुवाले आक्र’मण गरी बालिकालाई घा’इते बनाएको छ, रातको समय भएकाले चितुवाले आक्र’मण गर्न सजिलो हुने हुनाले विशेष सतर्कता अपनाउनुपर्छ”, प्रमुख बरालले भने ।

विसं २०७४ फागुनयता चितुवाको आक्र’मणबाट नौ बालबालिकाले ज्यान गुमाएका छन् । पछिल्लोपटक गत वैशाख २५ गते भानु नगरपालिका–४ चुँदीमा चितुवाको आक्र’मणबाट स्थानीय ३६ वर्षीय रामबहादुर कुमाल घा’इते भएका थिए । त्यसयता चितुवाको आक्र’मण रोकिएकामा पुनः चितुवाको आक्र’मणबाट शुरु भएपछि स्थानीयवासी त्र’सित छन् ।

चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वनकुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्र’मण गर्न थालेको डिभिजन वन प्रमुख बरालको भनाइ छ ।

“ठूला मान्छेलाई भन्दा साना बालबालिकालाई आक्र’मण गर्न सजिलो हुने भएकाले चितुवाको निशानामा बालबालिका पर्दै गएको देखिन्छ”, उनले भने, “साँझको समयमा चितुवा आक्र’मण हुने भएकाले त्यसबेला विशेष ध्यान पर्‍याउनुपर्छ ।” रासस

चितुवा

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्