चितवनमा फेरि एक व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु

चितवन, १३ असार। भरतपुरमा फेरि एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भरतपुर अस्पतालका अनुसार ति व्यक्तिको शनिबार विहान साढे ६ बजे मृत्यु भएको हो । उनी कैलालीको गोदावरी नगरपालिका–७ का पुरुष हुन। उनको उमेर ५० बर्ष रहेको थियो।

चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो ।

शुक्रबार दिउँसोदेखि स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेसन वार्डबाट आईसीयूमा सारिएको थियो । असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनलाई असार ११ गते राति भरतपुर अस्पताल रिफर गरिएको थियो ।

उनी फोक्सोको क्यान्सरबाट पीडित रहेको पनि अस्पतालले जानकारी दिएको छ। बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरले भर्ना नलिएपछि उनी चितवन मेडिकल कलेज गएका थिए । जहाँ उनको बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो। फोक्सोको क्यान्सरबाट पनि पीडित रहेका उनको शनिबार मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २८ पुगेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्