चर्चित गायक विष्णु खत्री र गायिका मिना लामाको नयाँ गीत सार्वजनिक (भिडियो सहित्)

चर्चित लोक तथा दोहोरी गायक विष्णु खत्री र गायिका मिना लामाको ‘अँधेरीमा उज्यालो टुकी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहिबार मात्रै उक्त गीतको भिडियो गयक तथा सर्जक विष्णु खत्रीको आधिकारिक युट्युव च्यानलबाट डिजिटल बजारमा सार्वजनिक गरिएको हो ।

गीतमा गायक खत्रीको शब्द तथा लय सिर्जना रहेको गीतको संगीत संयोजन भने कृष्ण भान्जाले गरेका हुन् । गीतको ग्रुप आवाजमा राजु गुरुङ र जुना श्रीश मगर पाउन सकिन्छ । प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको अडियो मिक्सिङ तथा मास्टरिङ्ग श्यामसोयत रसाईलीले गरेका हुन ।

होम गुरुङले निर्देशन गरेको गीतको भिडियोमा मोडल रुबिना अधिकारी र लोमश शर्माको अभिनय देख्न सकिन्छ । दुर्गा पौडेलको छायाँकन रहेको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका हुन । रिलिज भएको छोटो समयमा नै गीतले हजारौँ भ्यूज बटुल्न सफल भएको छ ।

गीतको पुरै भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् :-

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्