चट्याङ लागेर एकको मृत्यु, एक घाइते

लम्जुङ, ६ असोज । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा चट्याङ लागेर एकको मृत्यु भएको छ । सोमबार साँझ ५ः३० बजे चट्याङ परेर घाइते भएका बेँसीशहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय सन्त विकको जिल्ला सामुदायिक अस्पतालमा उपचारका क्रममा ८ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक विक ठूलोबुवाको घरमा बसेको बेला चट्याङ लागेर शरीरको विभिन्न भागमा चो’ट पुगी घाइते भई उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए । उनका अनुसार सोही वडामा बस्ने २२ वर्षीय चिजा गुरुङ सोही चट्याङ पर्दा घाइते भएकी छिन् ।

घाइते भएपछि गुरुङलाई पनि जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घाइते गुरुङलाई खुट्टालगायत शरीरको विभिन्न भाग झमझमाउने र दुख्ने भइरहेको छ । घाइते गुरुङको उक्त अस्पतालमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस् :-

कैलाली, ६ असोज । कैलालीको चुरे गाउँपालिका–१, सिँचाइका लागि निर्माण गरिएको पोखरी बनेको दुई महिना मै भत्किएको छ । स्थानीय विकास साझेदारी कार्यक्रम अन्तर्गत छुट्याइएको ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको पोखरी भत्किँदा स्थानीय किसान आक्रोसित बनेका छन ।

आरसिसी ढलान गरिनुपर्ने उल्लेख भए पनि त्यहाँ ढुंगाको कमसल पर्खाल लगाएर एकतर्फ मात्रै प्लाष्टर गरिएको स्थानिएको भनाई छ । यता, गाउँपालिकाले निमर्ण व्यवसायिलाई पोखरी पुन निमार्ण गर्न लगाउने जनाएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्