घर – लक्ष्मी भट्टराई

अहाे! कस्ताे पानी परेकाे, हैन याे पानिकाे झाेल पनि कति पर्न सकेकाे हाेला ? ए भग्वान डुबाउँछ कि क्या हाे याे पानिकाे ओइराेले ? आमा हाम्राे घरमा त खाेला आएछ म कागजकाे जहाज बनाएर हिडाँउ ? यस्तै अनि यस्तै वाक्यहरू बच्चा देखी लिएर वृद्दा सम्म आफ्नै गुनासाे छन् ।

दिउँसाेकाे २ बजेकाे थियाे । २ बज्नु भनेकाे बाकाे लागी दाेस्राे पटक औषधी खाने समय । म त्यसै क्रममा भान्साबाट एक गिलास मनताताे पानी लिएर आउँदै थिए । फेरी बाले काकालाई एक कप चिया पकाइदे भन्नु भाे । हुन्छ भन्दै पहिला हातकाे पानी बालाई दिदैँ म फेरी भान्सा भित्र पसेँ । चिया बनाउँदै बा र काकाका गफ सुन्न लागेँ । गफ पनि के भन्नु र व्यथा काकाले मात्रै हाेइन हाल धेरैले भाेगेका व्यथा ।

चियाकाे कप काकालाई दिँदै म पनि आडमा माेडा राखेर बस्छु किनकि मलाई पनि काकाले पाेखेका व्यथा सुन्नु थियाे । हाे मलाई पनि कसरी याे व्यथा निम्तियाे बुज्नु थियाे । र, मैले बुजेका केहि कुराहरू बा र काकालाई पनि सुनाउँनु थियाे । काकाले गुनासाे पाेख्नु भयाे उहि भत्किन लागेकाे घरकाे । काकाले गुनासाे पाेख्नु भयाे उहि दिनरातकाे पानीकाे । अनि काकाले गुनासाे पाेख्नु भयाे खाना खाँदै गर्दा टिन चुहिएर दश ठाउँमा सर्नु परेकाे व्यथा ।

ब्याच्लर लेबल पढ्दै गरेकी म केहि कुरा मैले पनि थपेँ र सँगसँगै केहि प्रशन पनि गरें बा र काकालाई । काका ! प्रकृति हाे र याे उसकाे नियम पनि हाे । पानी आउँछ । अहिले मात्रै हैन, पाेहाेर पनि आएकाे थियाे र अर्काे साल पनि आउँछ । उसकाे आउँने ठाउँ भनेकै जमिन हाे । ऊ अन्य अरू कहाँ जाओस् र ? अनि काका घर भत्किनै लागेछ दिन रातकाे पानीले भन्नु हुन्छ, हाम्राे घर पनि कहि कतै चर्केकाे छ । तर, म गुनासाे केहि गर्दिन । किनकि गल्ति स्वयम हाम्रै हाे । पाेहाेर कयाैँ भारी दाउराहरू ल्याउनु भयाे । त्यसका लागी कयाैँ रूखहरू काट्नु भयाे । त्यहि रूख काटेर भागबन्डा लगाउँनका लागी त्याे बेला अबेर सम्म बसेर हजुर र बा कुरा गरिरहनु भएकाे अझै सम्झन्छु म । तर रूख काट्ने कुरा गर्दै गर्दा हजुरहरूले कहिल्यै रूख राेप्ने कुरा गरेकाे सुनिन ।

हाे बा ! यहाँ मात्रै हैन कयाैँ ठाउँठाउँमा जंगल फँडानी गरेका छन् र जसकाे नतिजा हामी स्वयम आज भाेगीरहेका छाैँ । ति बर्सिरहेका पानीले आँफू कता जाउँ भन्ने बाटाे नै भेटेनन् । अनी तिनै पानी बाटाे नपाएर हाम्रै घर आगनमा आएर ठेलमठेल भएका छन् ।

गल्ति एक परिवारकाे मात्रै हैन । याे गल्ति भनेकाे कयाैँ परिवारले निम्त्याएकाे हाे । जसकाे नतिजा आज सबैले भाेग्नु परेकाे छ । समस्या काकाकाे भत्किन लागेकाे घरकाे मात्रै हैन । समस्या हाम्राे जस्ताे चर्किएकाे घरकाे मात्रै हैन । समस्या यहाँ हरेक व्यक्ति देखी लिएर ति निर्दाेष जनावारहरूले पनि पाएका छन् ।

बाढि आयाे, पहिराे आयाे, कयाैँ घरहरू भत्किए, कयाैँ मानिसहरू पुरिए, कयाैँ गाेठमा बाँधिएका जनावारहरू दाम्लाे सँगै निसासिए । त्यति मात्रै कहाँ हाे र ठाउँठाउँका पुलहरू चुँडिए, भत्किए थाहा छैन । फेरी ति पुलहरू कहिले वारी बाट पारी सम्म जाेडिन्छन् ? यहाँ पुल मात्रै चुँडिएकाे छैन कयाैँ निर्दाेष मनका सुनाैला सपनाहरू पनि चुँडिएका छन् ।

(यहाँ ऊ पात्रकाे कहानी सुरू हुन्छ।)
ऊ करिव २ वर्ष अघि केहि उच्च साेच लिएर विदेशिएकाे थियाे । विदेशिएकाे केहि समय पछि मुस्किलले जागीर पायाे । ढिलाे पायाे तर, राम्रै कम्पनिमा जागीर पायाे । जानी बेला टिनकाे छानाकाे घरबाट बिदा भएकाे ऊ, फर्किए’सी घरकाे रूप रंग फेर्ने एकदम चाहना थिए उसका ।

उसले कमाउँन पनि कमायाे । कहिल्यै रमाउँन नपाएकाे ऊ आफ्नै कमाइले केहि हद सम्म पनि रमायाे । कमाएकाे पहिलाे कमाइले घरकाे छानाे फेर्याे । अनि प्यारी बहिनीकाे राम्रै ठाउँमा इज्जतका साथ बिहेवारी गराइदियाे । यति गर्दा गर्दै कहिले ढेड वर्ष बिते उसलाई पत्तै भएन केहि पत्ताे पाएपछि उसले आफ्ना बारे साेच्याे र उसले मेराे बारे साेच्याे । अनि, अन्तिममा उसले हाम्राे बारे साेच्याे ।

उसले धेरै नै साेच्याे । भाडाकुटि खेल्दा सँगै बिहे गरेर बुढाबुढि भएकाे पनि साेच्याे । रिसाएर कट्टि बाेल्दिन भन्ने पनि साेच्याे । अनी, फकाउँदै हातमा लालीगुराँसकाे फूल ल्याएर दिएकाे त्याे दृश्य पनि झलझली आँखा अघि नै साेचिरह्याे । धेरै बेर पछि उसले आफैँले भन्याे विदेश गएर आएपछि तिमी सँग बिहे गर्छु भनेकाे थिएँ । भनेकाे थिए, घर पक्काे बनाएपछि तिमीलाई धुमधामले भित्रयाउने छु । र, भनेकाे पनि थिएँ अनि त मैले मेरा लागी प्यारी जिवनसाथी र बा۔आमाका लागी साथी बुहारी पनि पाउँने छु । हाे यस्तै यस्तै कुरा गर्दै गर्दा उसलाई काममा जाने समयकाे पनि ख्याल भएनछ । हाेस् पनि कसरी ? कयाैँ समय पछि बल्ल उसले मनमा लागेका कुराहरू सुनाउँदै थियाे । तर, मेरा मनका कुरा सुन्ने समय ऊ सँग अझै पुगेनन् । नत्र मलाई पनि सुनाउँनु थियाे । नत्र मलाई पनि भन्नु थियाे मैले पनि के-के साेचेर बसेकि छु भनेर ।

म पात्रकाे उपनाम दिदैँ म पनि केहि सुनाउँन चाहन्छु । मैले उसलाई भन्नु थियाे तिम्रै लागी भनेर घरमा बिहेकाे कुरा आउँदा मेराे पढाइ सक्किएकाे छैन । म अझै पढ्न चाहन्छु भनेर टारेका कुरा । मलाई भन्नु थियाे भाडाकुटि खेल्दाकाे मात्रै हैन अब साँच्चिकै तिम्री हुन मन छ भनेर । अनि, भन्नु थियाे गाउँघरमा बिहेकाे बाजा गुन्जिदा तिमीलाई नै सम्झन्छु भनेर । अनि, भन्नु थियाे सबै भन्दा रमाइलाे कुरा जुन तिमी सुनेर हाँस्ने थियाैँ घरमा मेरा लागी केटा हेर्न आउँदा कसैले थाहा नपाउने गरी बाटाेमै तिनीहरूलाई तिम्राे त्याे राताे सर्ट लगाएकाे वाला फाेटाे देखाएर बाटैबाट बिदाइ गरेर पठाइदिएकाे । अनि याे पनि भन्नु थियाे कि हरेक रात म तिम्रै सपना देख्छु भनेर । अनि साथमा याे पनि भन्नु थियाे कि जाने बेला तिमीलाई पुर्याउन जाँदा हामीले त्याे झाेलुंगे पुलमा फाेटाे खिचेका थियाैँ नि, अहिले बाढीले त्याे पुल भत्काइदिएकाे छ । यस्ताे कुरा भन्न त मन थिएन, तै पनि दिनहुँ गाउँले पुल भत्किएर कयाैँ समस्याहरू झेल्नु परेकाे छ । तिमीलाई थाहा नै छ अझैँ पनि सामान लिन पुल तरेरै जानु पर्छ । र, पुल भत्किए देखी गाउँलेहरू मिलेर तुइनकाे व्यवस्था गरे । तर पनि ओहाेर-दाेहाेर गर्न अत्ति नै गाह्राे छ ।

यहाँ घरकाे परिस्थिती पनि उस्तै छ । उता दाइकाे पनि खबर आएकाे छैन । धेरै नै भयाे उहि दाइकै महिनामा आउने तलबका भरमा अडिएकाे परिवार हाल निकै नै कष्ट खेप्नु परेकाे छ । अनि अस्ति भख्खर त्यहि तुइन बनाउन जाँदा बाकाे दाहिने खुट्टामा चाेट लागेकाे छ । यहाँ भन्दा अब धेरै गुनाँसाे म गर्दिन । सायद कामबाट फर्किएर आउँदा यी मैले पठाएका शब्दहरूले तिमीलाई कस्ताे प्रभाव पार्ने छ, त्याे त थाहा छैन । तर, त्यहाँ तिमी आफ्नाे ख्याल गरेर राम्राे सँग बस्नु है ।

-लक्ष्मी भट्टराई
भद्रकाली, पोखर

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्