गेब्रियोसले दिए बाइडेनलाई बधाई, पुन: विश्व स्वास्थ्य संगठनमा फर्कन आग्रह

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् । उनले आइतबार ट्वीट गरेर बधाई ज्ञापन गरेका हुन् ।

साथै उनले सो बधाईसँगै आँफू फेरि उनीहरुसँग काम गर्न इच्छुक रहेको बताएका छन् । उनले ट्वीटमा भनेका छन्– अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिमा विजयी हुनुभएकोमा तपाईँहरुलाई बधाई छ, म पनि यहाँहरु र यहाँको टिमसँग मिलेर काम गर्न इच्छुक छु ।

संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठन बाट निस्किने निर्णय गरेको थियो । यसप्रति उक्त संगठनले पनि विगतमा दुःख व्यक्त गरेको हो । महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले सो ट्वीटमा अमेरिकालाई विश्व स्वास्थ्य संगठनमा पुनः फर्किन आग्रह पनि गरेका छन् ।

महानिर्देशक गेब्रियोसले जो बाइडेन र कमला ह्यारिसलाई विश्व स्वास्थ्य संगठनमा पुनः आउन पनि आग्रह गरेका छन् । आइतबार मात्र एक अमेरिकी दैनिक पत्रिकाले राष्ट्रपति जो बाइडेनले आफूले राष्ट्रपतिको सपथ लिएपछि विश्व स्वास्थ्य संगठनमा अमेरिका पुनः फर्किने बारेमा निर्णय गर्न सक्ने अनुमान गरेर समाचार लेखेको थियो ।

त्यस लगत्तै यता विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले अमेरिकाका बाइडेन तथा ह्यारिसलाई बधाई दिदै सो प्रसंग उल्लेख गरेका हुन् । एजेन्सी

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्