गुल्मीमा प’हिरो जाँदा १८ महिनाकी शिशुसहित दुईजनाको मृ’त्यु

गुल्मी, १९ असार। गुल्मीमा गएरातिदेखि परेको अविरल वर्षाका कारण प’हिरो जाँदा प’हिरोमा पु’रिएर १८ महिनाकी शिशुसहित दुईजनाको मृ’त्यु भएको छ ।

उक्त पहिरोमा इस्मा गाउँपालिका हस्तिचौरकी १८ महिनाकी शिशु बसन्ता सारु र सृजना खत्रीको मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालयका प्र’हरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिएका छन्।

प’हिरोमा पु’रिएर एक जना बे’पत्ता भएका छन् । इस्मा गाउँपालिकामा र मुसिकोट नगरपालिकाका विभिन्न स्थानहरुमा प’हिरो गएसंगै मुसीकोट नगरपालिका वार्ड नंम्बर २ का विभिन्न स्थानमा प’हिरोले क्ष’ति समेत पुर्‍याएको छ ।

प’हिरोले पात्लाकोट, खस्कोट, देउराली, दुर्लुङमा एक दर्जन भन्दा बढी घर गोठ र पशु चौपायालाई ब’गाएको छ । प’हिरोको कारण सडकहरु अवरुद्ध हुँदा उद्धारमा समस्या भएको प्र’हरीले जनाएको छ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्