गु’ण्डा नाइके राधे भण्डारी पक्राउ

काठमाडौं, २३ असोज । गु’ण्डाग’र्दीमा संलग्न भएको आ’रोप लाग्दै आएका राधे भण्डारी धादिङमा पक्राउ परेका छन् । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धाक–ध’म्की दिएको अभि’योगमा उनलाई पक्राउ गरिएको धादिङ प्रहरीले जनाएको छ ।

सिद्धलेक गाउँपालिकामा क्रसर उद्योग सञ्चालन गर्दै आएका उनले बालुवा निकाल्ने ठेक्काको म्याद समाप्त भएपछि पनि अवैध तरिकाले बालुवा निकालेपछि स्थानीय निकायले विरोध गर्दै आएको थियो । सोही क्रममा उनले जनप्रतिनिधिलाई ध’म्की दिंदै आएको बुझिएको छ । राधे पक्राउ परेसंगै उनको क्रसर उद्योग पनि बन्द गराइएको छ ।

अर्काको नाममा ठेक्का पारेर उनले सिद्धलेकमा बालुवा र गिट्टी निकाल्दै आएका थिए । नेपाली काँग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत रहेका भण्डारीले धादिङमा हुने ठेक्का पट्टा र अवैध बालुवा खानीको कमिशनमा एकछत्र राज गर्दै आएको स्थानीय बताउँछन् ।

तीन वर्षअघि धादिङवेशीको शान्तबजार चोकमा राधेले दिनेश अधिकारी (चरी) समूहका आयुप तामाङको हात का’टेका थिए । ०७० असार २१ मा धादिङबाट काठमाडौँ आउँदै गर्दा चरीलाई गो’ली हानेपछि राधे चर्चामा आए । सो घटनामा राधे डेढ लाख धरौटीमा छुटे । ०७१ साउन २१ मा चरी भीमढुंगामा प्रहरीको इ’न्काउ’न्टरमा चरी मा’रिएपछि धादिङको गु’ण्डाग’र्दीमा राधे समूहले पकड राख्दै आएका छन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्