गुडिरहेको बस एक्कासी पसलभित्र पसेपछि…

नेपालगन्ज, १८ पुष । नेपालगन्जमा गुडिरहेको बस पसलभित्र पसेको छ । यात्रुहरु बोकेर नेपालगञ्जबाट कोहलपुर जाँदै गरेको बस अनियन्त्रित भएर पसलभित्र छिरेको बताइएको छ ।

ना ५ ख ५७७३ नम्बरको बसले भे १ च ५१३४ नम्बरको ट्याक्टरलाई ठक्कर दिएपछी अनियन्त्रित हुँदै बस पसलमा पस्यो । दुर्घटनामा परेर अटो रिक्सा बनाउने पसलमा बसिरहेका नेपालगञ्ज उपमहानगर–१३ बस्ने बिक्रम वृजबासीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घटनामा सात जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार, बसमा सवार ५, सडकमा हिडेका १ तथा १ मोटरसाइकल चालक घाइते भएका छन् । घाइते सबैको अवस्था हाल खतरामुक्त रहेको जनाइएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्