गलत समूहको र’गत चढाएपछि सुत्केरीको मृत्यु, चिकित्सक पक्राउ

जनकपुर, २४ साउन। गलत समूहको र’गत चढाएपछि एक सुत्केरीको मृत्यु भएको अभियोगमा जनकपुरका दुई चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुर–६ स्थित रामजानकी अस्पतालमा सुत्केरी भएकी महोत्तरीको गौशाला नगरपालिकाको भरतपुर बस्ने २३ वर्षीया गङ्गादेवी महतोको आज बिहान मृत्यु भएपछि चिकित्सक पक्राउमा परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सो अस्पतालमा गङ्गादेवीको सुत्केरीका लागि बिहीबार बेलुकी ९ बजे श’ल्यक्रिया गरिएको थियो । उनले छोरीको जन्म दिएकी थिइन् । श’ल्यक्रिया गरिएको कारण महतोलाई र’गतको अभाव भएको थियो । चिकित्सकले उनका आफन्तलाई ‘ओ पाजिटिभ’ समूहको र’गतका लागि नमूनासहित पठाएको थियो ।

जनकपुरस्थित रक्त सञ्चार केन्द्रले ओ पोजिटिभ समूहको र’गत दिनुपर्ने ठाउँमा बी पोजिटिभ समूहको र’गत दिएको बताइएको छ । मृतकका पति राजकुमारले ल्याएको सो र’गतलाई चिकित्सकले जाँच नगरी चढाउँदा समूह फरक परेपछि नकारात्मक असरले मृत्यु भएको बताइएको छ । अस्पताल र रे’डक्रसको चरम लापरवाहीको कारण मृत्यु भएको भन्दै आफन्तले कडा का’रवाहीका साथै क्षतिपूर्तिको माग गरेका छन् । रासस

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्