गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण

पोखरा, २१ भदौ। गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण देखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नयाँ ६७ जना संक्रमित फेला परेका हुन्।

निर्देशनालयका अनुसार स्याङ्जामा २२ जना, कास्कीमा २० जना, नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा १३ जना, तनहुँमा ७ जना, बागलुङमा ३ र लमजुङमा २ जनामा संक्रमण पुष्‍टि भएको हो। उनीहरू सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ। यससहित गण्डकी प्रदेशमा अहिलेसम्म दुई हजार ५१४ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्