गण्डकी प्रदेशमा कोरोनाबाट ३४ जनाको मृत्यु

पाेखरा, १८ असाेज। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४०५९ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरामा र चितवन मेडिकल कलेज चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ४३ जना नयाँ काेराेना संक्रमितहरु थपिएका छन् ।

चितवन मेडिकल कलेज, चितवन बाट कोरोनाको संक्रमण पहिचान भएका सबैजना सोहि अस्पतालको आईसोलेसनमा बसेका छन् । तनहुँ जिल्ला, सुक्लागण्डकीमा देखिएका संक्रमित सबैजना बि.पी.कोईराला श्वासप्रश्वास उपचार केन्द्र तनहुँमा कार्यरत (चिकित्सक, अनमी, सुरक्षागार्ड, लेखा र प्रशासन) रहेका छन् ।

लमजुङका सबैजना कन्त्याक्ट ट्रेसिंग बाट पहिचान भएका हुन संक्रमित सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको छ ।
नवलपुर जिल्ला, विनय त्रिवेणी गाउँपालिका-२ दुम्किबासका ३६ वर्षीय पुरुष असाेज १७ गते दिनको १२ बजे कोभिड संक्रमण सहित खोकी, श्वासप्रश्वाश तथा कलेजोमा समस्या भएर भरतपुर अस्पतालको कोभिड आइसिउमा भर्ना भएका थिए।

ति व्यक्तिलाई असाेज १३ गते कोभिड १९ संक्रमण पुष्टि भएकाे थियाे आइसोलेसनमा बस्दै आएका थिए। ति व्यक्तिले लामो समय देखि मुटु र कलेजोको उपचार गराईरहेका थिए ।

उपचारका सबै उपायहरु गर्दागर्दै असाेज १७ गते दिनको ०४:५० बजे अल्कोहोलिक लिभर डिजिज र कोभिड १९ संक्रमणको कारणले भरतपुर अस्पतालमा ति व्यक्तिकाे निधन भएको हाे ।

यस संगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्