गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ११३

पोखरा, २६ कार्तिक । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या ९७०३ पुगेकाे छ । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा गरिएकाे परिक्षणमा कास्की पाेखरा महानगरपालिकाका २६ जना, स्याङजाका १ जना ,लमजुङका १ जना गरि २८ जना काेराेना संक्रमित थपिएका छन् ।

सबै काेराेना संक्रमित पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान फिभर किलनीकबाट पहिचान भएका हुन् । पहिचान भएका सबै संक्रमितलाइ आइसाेलेशनमा व्यवास्थापन गर्ने तयारी भएकाे छ ।

त्यसैगरि कास्की जिल्ला , रूपा गाउँपालिका ५ का ७२ वर्षिय काेराेना संक्रमित पुरूषकाे आज बिहान पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

उहाँलाइ कार्तिक २४ मा काेराेना पुष्टि भएकाे थियाे । उहाँलाइ निमाेनिया, किड्नी लगायतका समस्या पनि रहेकाे थियाे । यसैगरि गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ११३ पुगेकाे छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्