गजबको – बिकास श्रेष्ठ (गजल)

कस्ले लगायो बास्ना आउने तेल गजबको
हेरे मन रमायो तिम्ले पठाको मेल गजबको

दुई छाक टार्न र एकसरो लाउन धौ महङ्गिमा
कल्ले लगायो सयको तिनजोर सेल गजबको

जित्नी रमाकै छन हार्नी टोलाउँछ एकान्तमा
रुने,हास्ने बनाउने यो मायाको खेल गजबको

एकचोटि मनमा गएसी निस्किन नसकोस फेरि
बनाउनु छ जन्म कैद मनभित्र जेल गजबको

गुनासो म प्रती सबैलाइ छ उस्लाइ पनि होला
नबोली नबोली पींडा दिन्छन अचेल गजबको

कि पढेर जानिन्छ कि परेर जानिन्छ रे भन्थे
अन्जानमै पुरस्कार पाए भएर फेल गजबको

बिकास श्रेष्ठ
तनहुँ – हाल दुबइ

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *