गए राती जीप दुर्घटना हुँदा सह–चालक १४ बर्षीय गुरुङको मृत्यु

स्याङ्जा, १६ साउन । वालिङमा गए राती जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका बाँयटारीबाट सिर्सेकोट मैदानको लागि छुटेको ग १ ज ७४७१ नम्वरको जीप वालिङ नगरपालिकाको लामपातेमा दुर्घटना हुँदा जीपका सह–चालक १४ बर्षीय सुदिप गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो ।

दुर्घटनामा परि ५ जना घाईते भएका छन् । गम्भिर घाईते भएका वालिङ नगरपालिकाका ३० बर्षीय तीलकुमारी गुरुङ् र ६५ वर्षीय तील कुमारी थापाको पोखरामा उपचार भईरहेको छ ।

त्यसैगरी घाईते भएका ३३ बर्षीय ममता गुरुङ्, २८ बर्षीय प्रमिला गुरुङ् र ४५ बर्षीय मनमाया गुरुङ्को स्थानीय प्राथमिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । जीप चालक निलबहादुर गुरुङ्लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

यो पनि पढ्नुहोस् :-

जनकपुर, १६ साउन । जनकपुरस्थित उच्च अदालतका थप एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार, उच्च अदालत जनकपुरका ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार न्यायाधीशसहित अन्य कर्मचारीहरुको स्वाब सङ्कलन गरिएकोमा न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

केही दिनअघि उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीशमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो । न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि निश्चित कामकारबाही बाहेक अन्य काम शुक्रबारदेखि ३१ गतेसम्मका लागि स्थगित गर्ने निर्णय उच्च अदालत जनकपुरले गरेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्