खोलामा डुबेर युवकको मृत्यु

रौतहट, १२ असोज । रौतहटको कटहरिया नगरपालिका वडा ९ डुमरिया गाउँ छेउ मुसहरी टोलका एक युवकको खोलामा डुबेर ज्यान गएको छ । प्रहरीका अनुसार कटहरिया न.पा.९ मुसर टोल वस्ने भरत माझीको छोरा वर्ष २८ को किश्वरी माझिको गाउँ छेउमा रहेको झांझ खोलामा डुबेर मृत्यु भएको हो ।

सौच गर्न नजिकै रहेको झाजखोलाको किनारमा गएकोमा घर नफर्किएकोले राति नै आफन्तले खोज तलास गर्दा कहीँ कतै पत्ता नलागेपछी प्रहरीलाई खबर गरिएको थियो । त्यसलगत्तै ईलाका प्रहरी कार्यालय कटहरियाको टोलि र स्थानीयको सहयोगमा खोज तलास गरिएको थियो ।

प्रहरीको टोलि र स्थानीयको सहयोगमा खोज तलास गर्दा झांजखोलामा डुबी मृत अवस्थामा खोलाको किनारमा निजको शव फेला परेको बताइएको छ । मृतकको शव पोष्ट मार्टमको लागि सरकारी अस्पताल चन्द्रनिगाहपुर पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्