आईपीएल खेल्नका लागि यूएई पुगेका खेलाडीहरुलाई कोरोना संक्रमण

इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्नका लागि यूएई पुगेका खेलाडीहरुलाई कोरोना संक्रमण देखिएको छ । भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीको टोली चेन्नइ सुपर किंग्स्सका बलरसहित १० भन्दा धेरै सदस्यमा कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमण देखिएका तीब्र गतिका बलर भारतको एकदिवसीय राष्ट्रिय टोलीका सदस्य हुन् । कोरोना पोजिटिभ देखिने अन्य भने टोलीका सहयागी सदस्यहरु छन् । चेन्नइको टोली २१ अगष्टमा यूएई पुगेको थियो ।

यूएइ पुगेर क्यारेन्टाइनमा बसेका खेलाडी र प्रशिक्षक, व्यवस्थापक, सहयोगीहरुको पहिलो, तेस्रो र छैटौं दिनमा परीक्षण गर्ने क्रममा केहीको रिपोर्ट पोजिटिभ देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

चेन्नईका कति सदस्यलाई संक्रमण देखिएको भन्ने पुष्टि भएको छैन । अन्य केही टोलीले यूएई पुगेर प्रशिक्षण सुरु गरिसकेका छन् । चेन्नईको पनि प्रशिक्षण सुरु गर्न लाग्दा खेलाडीहरुमा संक्रमण देखिएपछि एक साताका लागि क्वारेन्टिइनमा पठाइएको छ ।

सेप्टेम्बर १९ बाट आइपीएल सुरु हुने भनिए पनि अहिलेसम्म भारतीय क्रिकेट कन्ट्रोल बोर्डले तालिका सार्वजनिक गरेको छैन । सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म प्रतियोगिता हुने आयोजकले जनाएका छन् ।

आईपीएल

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्