खलङ्गाबाट बेवारिसे अवस्थामा यार्सागुम्बा बरामद

जाजरकोट, १७ साउन । जिल्ला प्रहरी कार्यालयले सदरमुकाम खलङ्गाबाट बेवारिसे अवस्थामा यार्सागुम्बा बरामद गरेको छ । सदरमुकाम खलङ्गामा अवैध मदिरा नष्ट गर्ने अभियान चलाएकै बेला यार्सागुम्बा बरामद गरिएको हो ।

बरामद गरेको यार्सागुम्बालाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयलाई बुझाइएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए । प्रहरीले कूल ५३० वटा यार्सागुम्बा बरामद गरेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए ।

यार्सागुम्बा बरामद गरेपछि सङ्कलनकर्तासँग सङ्कलन इजाजत नभएको हुँदा नियन्त्रणमा लिइएको उनको भनाइ छ । “दुई दिनसम्म सङ्कलन इजाजत ल्याउन नसक्दा बरामद गरिएको यार्सागुम्बा थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयलाई बुझाएका छौँ”, उनले भने ।

डिभिजन वन कार्यालयले पनि यार्सागुम्बाको अनुसन्धान भइरहेको जनाएको छ । निमित्त डिभिजन वन अधिकृत अमरसिंह धामीका अनुसार सदरमुकाम खलङ्गामै यार्सागुम्बा भेटिएका कारण वनले यार्सागुम्बाको अनुसन्धान गर्छ । “यार्सागुम्बा बेवारिसे भेटिए पुनः लिलाम प्रक्रियामा जान्छ”, उनले भने ।

यार्सागुम्बा

यो पनि पढ्नुहोस् :-

काठमाडौं, १७ साउन । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उपाध्यायलाई पक्राउ गरेको हो ।

एक लाख २४ हजार ७५० रुपैयाँ नगद र फिक्स डिपोजिट तथा बैंक डिपोजिटसहित १३ लाख २४ हजार ४६ गरी कूल १४ लाख ४८ हजार ७९६ रुपैयाँ बराबरको रकमसहित उपाध्यायलाई पक्राउ परेका हुन् ।

स्रोत नखुलेको अस्वाभाविक रकम साथमा लिएर हिँडेको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उपाध्यायलाई काठमाडौंको नागढुंगाबाट नियन्त्रणमा लिइएको र उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्