क्वा’रेन्टि’नमा बसेका एक युवकको मृ’त्यु

बाग्लुङ, २१ असार । क्वा’रेन्टि’नमा बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवकको मृ’त्यु भएको छ । निसीखोला–२ का २९ वर्षीय सुनिल विकको क्वा’रेन्टि’नमै मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय बागलुङका सूचना अधिकारी प्र’हरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

केही समय अगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वा’रेन्टि’नमा बसेका उनको आज बिहान मृ’त्यु भएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा मिलन मल्लले जानकारी दिए । लामो समयदेखि भारतमा बस्दै आएका विक मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेको मल्लको भनाइ छ ।

उनको पि.सी.आर रिपोर्ट अहिलेसम्म आएको छैन । रिपोर्ट आएपछि उनको दा’ह संस्कार गरिने डा. मल्लले बताए । नेपाली सेनाले उनको श’व व्यवस्थापन गर्ने बताइएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्