कोरोना २० देखि ४० वर्ष उमेर समूहका मानिसबाट सबैभन्दा बढी फैलियो : डब्ल्युएचओ

विश्व स्वास्थ्य संगठन डब्लूएचओले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड १९ को संक्रमण २० देखि ४० वर्ष उमेर समूहका मानिसबाट सबैभन्दा बढी फैलिएको बताएको छ ।

यी उमेर समूहका अधिकांशं मानिसलाई संक्रमण भएको समेत थाहा नहुने हुनाले पनि संक्रमण फैलने खतरा बढ्दै गएको भन्दै डब्ल्युएचओले चिन्ता व्यक्त गरको छ । रोगी र अत्यधिक जनघनत्व रहेको स्थानमा अझ बढी जोखिम रहेको भन्दै थप सतर्कता बढाउन संगठनले जोड दिएको छ ।

यसैबीच, उत्तर अमेरिका र एसियाका केहि क्षेत्रमा कोरोना भाइरसको जीनमा परिवर्तन आएको एक अध्ययनले देखाएको छ । उक्त परिवर्तन अत्याधिक संक्रामक हुनसक्ने भएपनि कम घातक रहेको पनि पत्ता लागेको हो ।

संक्रामक रोगको अन्तर्राष्ट्रिय समाजका अध्यक्ष पाउल टेम्बियाले केही देशमा भाइरसको जीनमा आएको परिवर्तनले त्यहाँ मृत्युदर कम देखिएकाले कम घातक हुँदै गएको देखिएको जानकारी दिए । एजेन्सी

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्