कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको १३ दिनपछि बल्ल अन्त्यष्टि

भारतको नयाँ दिल्लीमा कोरोना सङ्क्रमणबाट मृत्यु भएका एक नेपालीको १३ दिनपछि बल्ल अन्त्येष्टि गरिएको छ । झापाका ४९ वर्षीय ज्ञानबहादुर बस्नेत नयाँ दिल्लीको पहाडगञ्ज क्षेत्रमा कुरियर सेवामा कार्यरत थिए।

उनको गत जेठ २५ गते कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । जेठ २२ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लेडिहार्डिङ अस्पतालमा लगिएका बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको थियो

जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले कोरोना संक्रमणबाट निधन भएका बस्नेतको शवलाई नेपाल पठाउन समस्या भएपछि मृत्यु भएको १३ दिनपछि शनिबार नेपाली जनसम्पर्क समिति भारतको सहयोगमा दिल्लीमा अन्तिम संस्कार गरिएको कुरा जानकारी दिए ।

अध्यक्ष पाण्डेले भने दिल्लीमा शव बुझ्ने व्यक्ति नभएपछि ग्रिनतारा सोसाइटीको पहलमा नेपाली जनसम्पर्क समिति भारतले शव बुझेर अन्तिम संस्कार गरेको हो। उनले थपे शव बुझ्ने व्यक्ति नेपालमा भएपछि परिवारलाई पत्राचार गरेर शव व्यवस्थापन गरिएको थियो ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *