गण्डकी प्रदेशमा थप ६ जना कोरोना संक्रमित थपिए

पोखरा, ४ भदौ । गण्डकी प्रदेशमा थप ६ जना कोरोना संक्रमित थपिएका छन् । बिहिबार बिहान प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार थपिएका ६ जना कास्की, तनहुँ, र स्याङ्जाका रहेका छन् ।

प्रदेश क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पोखरा महानगरपालिका वडा नं. ५ का १४ वर्षिय परुष र १६ वर्षिय महिला, पोखरा ८ का ४२ वर्षिय एक महिला रहेका छन् । त्यस्तै भानु नगरपालिका ६ का ३७ वर्षिय पुरुष र भानु कै वार्ड नखुलेका २८ वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै स्याङको गल्याङ नगरपालिका १ का ४० वर्षिय महिलामा पनि कोरोना पुष्टि भएको जनाइएको छ । उनिहरुलाई सम्बन्धीत जिल्लाको आइसोलेशनमा लैजाने तयारी भईरहेको निर्देशनालयका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय १८ पुगेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्