कोरोना संक्रमण बाट ६ जनाको मृत्‍यु, कुल संक्रमितको संख्या ३० हजार नजिक

काठमाडौं, ४ साउन । पछिल्लो २४ घण्टामा ७०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा देशभर भने ७०७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १७४ जना रहका छन् भने ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् ।

यस्तै सर्लाहीका ९३ जना, पर्साका ५५, धनुषाका ३१, अछामका ३१, कपिलवस्तुका ३०, मकवानपुरका २५, सिराहाका २१, बझाङका २१, सप्तरीका १९, कास्कीका १९, दैलेखका १९, रुपन्देहीका १८, रौतहटका १६, बाँकेका १६, डोटीका १६, महोत्तरीका १५, सुनसरीका १३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै यता तेह्रथुमका ९, मोरङमका ९, बाराका ८, बाग्लुङका ८, उपयपुरका ४, दाङका ४, नुवाकोटका ३, नवलपुरका ३, गुल्मीका ३, दोलखाका २, धादिङका २, तनहुँका २, बर्दियाका २, डडेलधुराका २ तथा झापाका १, धनकुटाका १, काभ्रेका १, चितवनका १, सिन्धुपाल्चोकका १, सिन्धुलीका १, गोरखाका १, स्याङ्जाका १, प्युठानका १, कालीकाट १, जाजरकोटका १, रुकुम पश्चिमका १, सल्यानका १, सुर्खेतका १, कैलालीका १, दार्चुलाका १ र बैतडीका १ जनामा संक्रमण देखिएको छ ।

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १२६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६३ जना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे कुल सङ्ख्या १७ हजार नाै सय ६४ पुगेको छ । अहिले ११ हजार पाँच सय ५५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ११ हजार सात सय ६८ जना क्वरेण्टीनमा रहेका छन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्