पछिल्लो २४ घण्टामा २३६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १३ कत्तिक । पछिल्लो २४ घण्टामा २३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । तीमध्ये १ लाख २४ हजार ८३२ जना निको भएका छन् जसमध्य पछिल्लो २४ घण्टामा ३०३८ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर ३८ हजार ९५२ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ९०४ पुगेको हो ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्