पछिल्लो २४ घण्टामा थप १९५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १२ कत्तिक । पछिल्लो २४ घण्टामा थप १९५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ८ हजार २४८ जनाको पीसीआर भएकोमा १ हजार ९५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

देशभरका प्रयोगशालामा ८२४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये ८४३ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका ६९६ जना, ललितपुरका ११८ र भक्तपुरका २९ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ। जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७०९ र होम आइसोलेशनमा ३१ हजार ९३४ रहेका छन् ।

यस्तै बितेको २४ घण्टामा थप २ हजार ९८१ जनाले कोरोना जितेका छन् भने यससँगै देशभर कोरोना जित्नेको कुल संख्या १ लाख २१ हजार ८२४ पुगेको छ । यसैबीच हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८८७ पुगेको छ । पछि ल्लो २४ घण्टामा मात्रै ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्