कोरोना संक्रमणबाट पुन: १ जनाको मृत्यु

वीरगञ्ज, ९ साउन । वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज महानगरपालिका-११ की ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए ।

मुटुरोगी ती बृद्धाको स्वास्थ्यमा समस्या देखिएपछि ५ दिन पहिले वीरगञ्जकै एडभान्स हस्पिटलमा भर्ना गरिएको थियो । एडभान्स हस्पिटलमा उपचारका क्रममा कोरोनाको लक्षण देखिएपछि गत मङगलवार उनको स्वाब संकलन गरि परीक्षण गर्दा बुधबार राती कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि उनलाई बिहिबार कोभिड अस्पतालमा ल्याइएकोमा आइशोलेशनमै उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको सिंहले जानकारी दिए ।

संक्रमित बृद्धाको मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको नेपाली सेनाको चन्डीप्रसाद गणका कर्णेल मदनजङ्ग राणाले जानकारी दिएका छन् । उनले शव व्यवस्थापन कहाँ लगेर गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्